स्माटच्वाईस र प्रभु बैंक बीच फास्ट बैंकिङ सेवा संचालन सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भुक्तानी प्रणाली संचालक प्रदायक स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र प्रभु बैंक बीच फास्ट बैंकिङ सेवा संचालन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र प्रभु बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरे ।

यस सम्झौतापछि प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् ।

त्यस्तै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङमा जोड्नुका साथै फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिन्छ ।

फास्ट बैंकिङ नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत ५ वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।