दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने नेपाल लाइफकोअवस्था कस्तो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। 

रिपोर्ट अनुसार कम्पनीको जगेडा कोष घट्दा आधारभूत रुपमा कम्पनी कमजोर देखिन थालेको छ। जगेडा कोष ७२ प्रतिशत भन्दा धेरैले घट्दै ४८ करोड ४ लाखमा झरेको छ।

८ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५० करोड पनि नहुँदा कम्पनीको किताबी मूल्य ११६ रुपैयाँ मात्र छ। अघिल्लो वर्ष १३४ रुपैयाँ किताबी मूल्य भएको कम्पनीको किताबी मूल्य १३ दशमलव ६४ प्रतिशतले घटेको छ।

खुद बीमा शुल्क आर्जन नगन्य प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष १८ अर्ब ११ करोड रहेको खुद बीमा शुल्क आर्जन रकम अहिले १ दशमलव ६० प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ४० करोड पुगेको छ।

८ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ४८ करोड संचित छ।  जीवन बीमा कोष  १ खर्ब ५० अर्ब पुगेको छ। समिक्षा अवधिमा जीवन बीमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको खुद नाफा २३७ प्रतिशतले वृद्धि हुँदै ४४ करोड पुगेको छ। प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ७३ पैसा  छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।