मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

कुकुरलाई बचाउने क्रममा गए राति करिब ११ बजे ज७प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजयकुमार साहको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज बिहान पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।