काठमाडौं। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर आज नेपाल भ्रमणमा आउँदै छिन् ।
उनले नेपालमा रहँदा नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेट गर्ने जनाइएको छ ।
सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

Comment