नबिल बैंककाे २४७ औं शाखा गलकोटकाे हटिया बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । नबिल बैंकले शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ ।

ग्रामीण क्षेत्रमा आफनो सेवा सुविधा उपलब्ध गराउने उदेश्य शाखा विस्तार गरेको बैंकले जनाएको छ । जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सूर्य रोकाले जानकारी दिए । बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए ।

देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै अत्यावश्यक वित्तिय सेवा नागरिकलाई प्रत्याभुत गराउँदै आएको नबिल बैंकले बागलुङ सदरमुकाम बाहिर जिल्लामा दोस्रो शाखा सञ्चालन गरेको नबिल बैंक गलकोट शाखाका प्रवन्धक सुन्दर सापकोटाले जानकारी दिए ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल देशभर २ सय ४७ शाखा, १७ एक्सटेन्सन काउन्टर र २ सय ७६ वटा एटिएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।