२९ शाखा गाभ्दै ग्लोबल आइएमई बैंक, अब यी ठाउँबाट सेवा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंकले २९ वटा शाखा कार्यालय समायोजना तथा स्थानान्तरण गर्ने भएको छ ।

बैंक अफ काठमाण्डूलाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबलले एकै स्थानमा भएका दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार गर्ने भएको हो ।

बैंकले साविकको ग्लोबल आइएमईका ९ वटा र बैंक अफ काठमाण्डूका २० वटा गरी २९ वटा शाखा कार्यालय समायोजन गर्न लागेको हो ।

एकै स्थानमा रहेका दुई शाखा गाभिएर माघ २९ गतेदेखि एउटा शाखाबाट मात्र सेवा प्रवाह हुने बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।