ओलीको बोलीमा रामहरिको आपत्ति– बार्दलीमा ल्याएको कार्यक्रमलाई संसद्‍मा प्रस्तुत नगरियोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलिरहँदा कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए ।

सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारका न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी दिइरहेका थिए । खतिवडाले भने,‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो ।

संसदचलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।