पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता शाहरुख खानको कमव्याक फिल्म –पठान’ ले बक्सअफिसमा जोडतोडका साथ कमाई गरिरहेको छ ।

चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित गरिसकेका छन् । यतीमात्र होइन उनले आफ्नो स्टारडम देशदेखि विदेशसम्म जिउँदो रहेको देखाइसकेका छन् । शाहरुख र उनको फिल्मप्रति फ्यानको क्रेज कतिसम्म छ भन्ने कुरा थाहा पाउन हालैको एक घटना हेरे पुग्छ ।

शाहरुखका एक फ्यानले आफ्नो परिवारलाई ‘पठान’ देखाउन बंगलादेशबाट १ सय ३० किलोमिटर यात्रा गर्दै भारत आइपुगेका छन् । ती फ्यान बंगलादेशको ढाकाबाट भारतको त्रिपुरा पुगेका हुन् ।

अगरतलास्थित रुपासी सिनेमाका मालिक सतदीपले ट्वीट गर्दै यो कुरा खुलाएका हुन् ।

यो निकै रोचक कुरा छ । मानिसहरु बंगलादेशबाट परिवारका साथ पठान हेर्न भारत आइरहेका छन् । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसका कारण एकपटक पुनः फिल्म हलमा बहार आएको छ’, उनले ट्वीटेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।