रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रा.लि. हेटौडाबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ।

उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, ईसिजी र इको लगायत सेवाहरूमा विशेष छुट पाउनेछन्।

सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट म्यानेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।

रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अन्डरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसँग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै गईरहेको छ। कम्पनीले देशभर एक सय २४ वटा शाखा विस्तार गरी बीमा सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।