जथाभावी पार्किङ गरेपछि मन्त्रीको गाडीलाई ‘ह्वील लक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरेको मन्त्रीको गाडीलाई गाडी ‘ह्वील लक’ गरेको छ ।

पेप्सीकोलास्थित स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा रोकेर बाधा व्यवधान गरेकाले बागमती प्रदेश–०३–००१ झ ०१३२ नम्बरको गाडी लाई कारबाही स्वरुप ‘ह्वील लक’(सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडकलाई अवरोध पुर्‍याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै ५ सय रुपैयाँदेखि १५  सय रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।