साफ यू-२० महिला च्याम्पियनसिप: पहिलो खेलमै नेपाल बंगलादेशसँग पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशको सिपाही मुस्तफा कमल रंगशालामा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो । नेपालकी मनमाया
दमाईले एक गोल फर्काइन् । खेलको दोस्रो मिनेटमा नै खातुनको गोलबाट
बंगलादेशले अग्रता बनाएको थियो । १३ औँ मिनेटमा सामसुनहरले गोल गर्दै
बंगलादेशको अग्रता दोब्बर पारिन् ।

२४ औँ मिनेटमा मनमायाले गोल गर्दै अग्रतालाई २-१ मा झारेकी थिइन् । तर
इन्जुरी समयमा रिपाले गोल गरेपछि बंगलादेशले ३-१ को जित पक्का गर्‍यो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार टिमको सहभागिता छ ।
राउन्ड रोबिन पद्धतिमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले
उपाधि जित्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।