गगन थापाले भने-‘सन्दीपमाथिको निलम्बन फुकुवा क्यानको निर्णय गलत’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने  क्यानको निर्णय गलत भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो धारणा स्पष्ट छ-‘बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न ।’

सन्दीपलाई खेल्न अदालतले रोक नलगाएको भन्दै क्यानले निलम्बन फुकुवा गरेको थियो ।  सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ ।

यसको विरोध भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।