मस्जिदमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या १०० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । पाकिस्तानको पेशावरस्थित मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो।  लेडी रिडिङ हस्पिटलका प्रवक्ता मोहम्मद असिमले अस्पतालमा अहिलेसम्म १०० वटा शव ल्याइएको बताएका छन्।

उनका अनुसार ५३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये सात जनाको आईसीयूमा उपचार भइरहेको छ। उनले घाइतेहरू सबै खतरामुक्त रहेको बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।