बीमा संस्थान र बीमा कम्पनीलाई ३ महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयमा आज सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजको मितिदेखि सुरु भइ २०८० वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३\०७४ देखि लेखापरीक्षण हुन बाँकी छ । अर्थ मन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।