डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।

यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । 

बागलुङका भट्टचन सफल व्यवसायी हुन् । बैंक, बीमा, हेलिकोप्टरलगायत क्षेत्रमा उनको व्यवसाय छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।