मोलुङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन,कति गर्ने लगानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगाका स्थानीय बासिन्दाका लागि विक्रीमा ल्याएकोमा आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २ लाख ५० हजार रुपैया बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर विक्रीमा ल्याएको छ । सोमध्ये मोलुङ गाउँपालिकाका बासिन्दाका लागि ५० प्रतिशत र सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका बासिन्दाका लागि ५० प्रतिशत छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले कुमारी बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।