नेपाली नागरिकता लिन जिल्ला प्रशासन जाने तयारीमा रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । ‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट उहाँको हकमा नियमित प्रक्रियाबाट दिने हो कि कुनै कानूनी राय आवश्यक पर्छ भन्ने जिज्ञासा आएको थियो । आदेशमा नागरिकता लिने प्रक्रियाबारे थप केही नबोलेकाले नियमित प्रक्रियाबाट दिदा फरक पर्दैन भनेर समन्वय भएको छ ।’

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेवारे जिज्ञासा राखेको थियो । प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ । गृह प्रशासन स्रोतले भन्यो, ‘उहाँले सम्भवतः केही घण्टामै नागरिकता पाउनु हुनेछ ।’

सर्वोच्च अदालतले शुक्रबार अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै लामिछानेले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने फैसला सुनाएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।