तयारी र कच्चा वस्तुमा भन्सार दर फरक पार्न व्यवसायीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यवसायीले तयारी वस्तु र कच्चा पदार्थका रुपमा आउने वस्तुमा भन्सार दर फरक पार्न माग गरेका छन् । नेपाल उद्योग परिसङ्घले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक गर्न आग्रह गरेको हो ।

७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार परिसङ्घमा आयोजित अन्तत्र्रिmयामा परिसङ्घका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तीमा एक तहको फरक हुने सरकारको नीतिलाई दुई तह वा कम्तीमा १० प्रतिशतको अन्तर हुने गरी कार्यान्वयन गर्न आग्रह गरे ।

आत्मनिर्भर भइसकेका तथा आत्मनिर्भर उन्मुख वस्तुको आयात निरुत्साहित गरिनुपर्नेमा जोड दिँदै उनले ग्रिन च्यानलबाट पैठारी हुने वस्तुको सङ्ख्या बढाउँदै लैजान पनि आग्रह गरे ।

राजस्व सचिव डा. रामप्रसाद घिमिरे र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको उपस्थितिमा आयोजित अन्तक्र्रियामा परिसङ्घ राजस्व समितिका सभापति राहुल अग्रवालले भन्सार सन्दर्भ पुस्तिकामा सुधार ल्याउन आग्रह गरे ।

सन्दर्भ पुस्तिकाका कारण अधिक बीजकीकरण र न्यून बीजकीकरणलाई प्रोत्साहित गरिरहेको उनको भनाई छ । परिसङ्घले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न सरकारी निकायमा नेपाली उत्पादन प्रयोग गराउन पनि आग्रह गरेको छ ।

यस्तै चोरी पैठारी नियन्त्रण गर्न, सार्वजनिक बिदाको दिन अन्य दिनजस्तै नियमित पूर्ण रूपमा काम गराउन, भन्सार जाँच पासपछि पनि मालवाहक गाडी पुनः चेकजाँच गर्ने परिपाटी कम गर्न पनि परिसङ्घले आग्रह गरेको छ ।

राजस्व सचिव डा. रामप्रसाद घिमिरेले कारोबारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जानैपर्ने बताए । औद्योगिकीकरणको प्रवद्र्धन गर्न उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाई छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।