धनकुटा यातायातका प्रमुखमाथि कालोमोसो दलियो, आरोपित फरार–भिडियो भाइरल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा। यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलेर दुव्र्यवहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीको भनाई छ । कालोमोसो दलेको भिडियो सामाजिक सञ्जारमा भाइरल छ ।

कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ। मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपित फेला नपारेको र खोजी भइरहेको प्रहरीको भनाई छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।