विद्युतीय गाडीमा हरिवंश, किने एसयुभी ‘बिवाइडी एटो–३’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कलाकार हरिवंश आचार्यले विद्युतीय एसयूभी गाडी किनेका छन्। मंगलबार आचार्यले बीवाइडीको एटो ३ मोडल खरिद गरेका हुन्।

उनले सामाजिक सञ्जालमा ‘आजबाट म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने बीवाइडीको गाडीमा’ भनेर लेखेका छन्। आचार्य बीवाइडी एटो ३ को ब्राण्ड एम्बेस्डरसमेत हुन्। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आचार्यले विद्युतीय सवारीसाधन छनोट गरेर इभीको विस्तारमा हौसला प्रदान गरेको बताएको छ।

आचार्यलाई मंगलबार नै साइमेक्सले गाडी डेलिभरी दिइएको जनाएको छ। नेपालमा यो गाडीको मूल्य ८९.९० लाख रुपैयाँ कायम गरेर बिक्री सुरु गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।