काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्य आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि राज्यमन्त्री डा तोसिमा कार्की आलोचना सुरु भएको छ।
सामाजिक सञ्जालमा ८० प्रतिशत जलेर जीवन मृत्युको दोसाँधमा रहेका बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित लिएर आईसीयू गएको भन्दै आलोचना भएको हो । फेसबुक र ट्वीटरमा उनको कार्यशैलीप्रति असन्तुष्ट पोख्नेको लर्को लागेको छ ।
आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए । उक्त भिडियो समाजिक सञ्जालतिर सार्वजनिक भएको छ ।
मन्दिरा नाम गरेकी एक ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, ‘बिरामी भेट्न जानुपर्थ्यो ठीक भयो। तर, राज्यमन्त्रीज्यूलाई मेरो प्रश्नः तपाईं आफैं डक्टर हो नि, आईसीयूमा रहेका सिरियस बिरामीलाई भेट्न जाँदा मिडिया लिएर जान जरुरी हो, लैजान मिल्छ? त्यो ठाँउको संवेदनशिलतालाई किन गम्भीर रुपमा लिनु भएन? तपाईं पनि मिडियाबाजी गरेर हिट हुने बिचार गर्नु भाको होर?’
बिरामी भेट्न जानुपर्थ्यो ठिक भयो तर राज्यमन्त्रि ज्युलाई मेरो प्रश्नः
तपाईआफै डक्टर होनि,ICU मा रहेका सिरियस बिरामिलाई भेट्न जाँदा Media लिएर जान जरुरी हो लैजान मिल्छ ? त्यो ठाँउको संबेदनशिलतालाई किन गम्भिर रुपमा लिनु भएन?
तपाई पनि मिडियाबाजि गरेर हिट हुने बिचार गर्नु भाको होर? https://t.co/xmy8S87t5g— मन्दिरा (@Mandira321) January 25, 2023
Comment