देशको पश्चिमी भागमा वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हाल देशको पश्चिमी भागमा पश्चिमी निम्नचापीय प्रणालीको प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठुलो वर्षा‍को सम्भावना भने नरहेको महाशाखाको भनाइ छ। यस्तै यी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हिमपातको सम्भावना छ।

राति लुम्बिनी, गण्डकी, बागमती, मधेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना छ।

हिमपातका कारण चिसो अत्यधिक बढ्ने हुनाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।