गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा अन्तिम सुनुवाइ आज हुने भएको छ। पुस २२ गते संवैधानिक इजलासले अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो। गृहमन्त्री लामिछानेको नेपाली राहदानीमा पनि प्रश्न उठेको छ। अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी लिएको आरोप उनीमाथि छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।