६ महिनामा १४५ वटा उद्योग दर्ता, १ खर्ब ३९ अर्ब रुपैयाँ लगानी प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ खर्ब ३९ बढी लगानीका १४५ नयाँ उद्योग दर्ता भएका छन्।

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्ममा उद्योगमा १ खर्ब ३९ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको हो ।

विभागमा दर्ता भएका १४५ उद्योगमध्ये ३९ वटा ठूला, ४१ वटा मझौला र ६५ वटा साना उद्योग रहेका छन्।

ती उद्योगले ९ हजार ८ सय १६ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

यसमध्ये १३१ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने १७ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।

विदेशी प्रस्तावित लगानी परियोजनामा ७ हजार ८४१ जनाले रोजगारी पाउने छन्।

जसमा सबैभन्दा बढी लगानी प्रतिबद्धता हाइड्रोपावरमा रहेको छ। विभागका अनुसार हाइड्रोमा काम गर्ने गरी २७ वटा उद्योग दर्ता भएको छ।

२७ वटा उद्योगमा ८९ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको छ।

यसैगरी पर्यटन उद्योगमा १८ अर्ब ९२ करोड रुपैयाँको लगानी प्रतिवद्धतासँगै ३१ वटा उद्योग दर्ता भएका छन्। साथै १५ अर्ब ९० करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै ५१ वटा उत्पादनमूलक काम गर्ने गरी उद्योग दर्ता भएका छन्।

विभागका अनुसार सर्भिस क्षेत्रमा काम गर्ने गरी २६ वटा उद्योग दर्ता भएका छन्। २६ उद्योगमा १४ अर्ब २० करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

यसैगरी कृषि क्षेत्रमा ४८ करोड रुपैयाँको लगानी प्रतिवद्धतासँगै ३ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।

साथै सूचना प्रविधि क्षेत्रमा ३७ करोड रुपैयाँको लागनी प्रतिवद्धतासँगै ५ वटा र खनिजजन्य उद्योगमा २९ करोड ९७ लाख रुपैयाँको लगानी प्रतिबद्धतासँगै २ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।

६ महिनाको अवधिमा प्याटेन्ट दर्ता १ रहँदा ६ वटा डिजाइन दर्ता र १५५१ वटा टेड्रमार्क दर्ता भएका छन् ।

प्रारम्भिक वातावरणीय परीक्षण ३१ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।