सन्दीपले गरे सोमपालसहित केही क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेलबाट धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने केही क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गरेका छन् ।

उनले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी कुशल भुर्तेल लगायतलाई इन्स्टाग्राम अनफलो गरेका हुन् ।

बलात्कार आरोपमा आफू जेल पर्दा साथी खेलाडीहरुले कुनै पनि तरिकाबाट बचाउमा नबोलेको र नलेखेको भनि उनी असन्तुष्ट थिए ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, अर्का पूर्वकप्तान पारस खड्कासँग पनि सन्दीपको सुमधुर सम्वन्ध छैन । पछिल्लो समय ज्ञानेन्द्र र पारसलाई उनले फलो गरेका छैनन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।