नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा मेगा बैंक, रुरु जलविद्युत्  र गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा मेगा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस सेयर बापतको ६८ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, रुरुको १० प्रतिशतले हुन आउने ४ लाख ४८ हजार ४७६.०५ कित्ता र गुराँस लाइफको ७.४४ प्रतिशतले हुन आउने १५ लाख ५१ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।