बैंकिङ प्रविधिमा बढ्दो आकर्षण, एक महिनामै थपिए ३ लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २  करोडको हाराहारीमा पुगेको छ। 

बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले एक करोड ९७ लाख ६६ हजार ४१५ सय जना पुगेको छ। 

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

एकै व्यक्तिका नाममा धेरैवटा बैंक अकाउन्ट हुन सक्ने भएकाले धेरै देखिएको हो । एक महिनामै ३ लाख ६२ हजार ७३५ जना ग्राहक थपिएका छन् । कात्तिक महिनासम्ममा यो संख्या १ करोड ९४ लाख ३ हजार ६८० सय रहेको थियो।

ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययम पनि मोबाइल बैंकिङ हो। स्मार्टफोनको पहुँच र मोबाइल डेटाको उपलब्धताले मोबाइल बैंकिङ सेवा वृद्धि भइरहेको छ।

पछिल्लो समय मुलुकमा स्मार्टफोनको पहुँचमा वृद्धि भइरहेको छ । सस्तो र विदेशबाट आफन्तले स्मार्टफोन पठाउने भएकाले गाउँगाउँका उपभोक्ताले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

त्यसैगरी, मोबाइल सेवा प्रदायकले डेटा प्याक उपलब्ध गराइरहेका छन् । सस्तो दरमा उपलब्ध भएका डेटा प्याकले पनि उपभोक्तालाई मोबाइल बैंकिङप्रति आकर्षण गरिरहेको छ ।

योसँगै बैंकहरुले पनि मोबाइल बैंकिङ विस्तारको लागि विभिन्न प्रयास गरिरहेका छन् । डेटा प्याकको उपलब्धता र स्मार्टफोनको पहुँच बढेसँगै मोबाइल बैंकिङ चलाउनेको संख्या दिनप्रतिदिन बढेको छ ।

नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो। स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको थियो ।

स्ट्यान्डर्ड चाटर्ड बैंकले यो सेवाको सुरुवात गर्दा एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जनाकारी गराउने सुविधाको विकास गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।