एमाले र माओवादीले गोरु जुधाइ महोत्सवलाई विवादित बनाए !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परापूर्वकालदेखि माघ १ गते मनाइँदै आइएको जिल्लाको तारुकेश्वर गाउँपालिका–३ को गोरु जुधाइ महोत्सव यस वर्ष विवादमा परेको छ ।

आइतबार गोरु जुधाइका लागि प्रमुख अथिति, विशेष, अथिति लैजाँदा आर्थिक भार परेको भन्दै विवाद उत्पन्न भएको हो ।

कार्यक्रमका लागि नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामासहित पालिका अध्यक्ष शिवप्रसाद अधिकारी हेलिकोप्टरमार्फत काठमाडौंबाट कार्यक्रम स्थल पुगेका थिए । सो क्रममा पालिकाले गोरु जुधाइ पर्वका लागि छुट्टयाइएको १० लाख हेलिकोप्टरमा प्रयोगमा सकिएको भन्दै समाचारहरु बाहिर आएका छन् ।

सो प्रकरणबारे स्पष्टीकरण दिँदै पालिका अध्यक्ष शिवप्रसाद अधिकारीले झुटको खेति गरिएको भन्दै बिना तथ्य प्रमाण, राजनीतिक रोश र कुण्ठा व्यक्त गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिना तथ्य, प्रमाण राजनीतिक रोश र कुण्ठा व्यक्त गर्नका लागि गरिएको त्यस्ता बनावटी समाचार र सामाजिक संजालमा लेखिएका स्टाट्प्रति गम्भिर आपत्ति जनाउँदै त्यस्ता झुटा प्रचार र पित पत्रकारिताको विश्वासमा नलाग्न पनि आमनागरिकलाई आग्रह गर्दछौं ।’

उनले गोरु जुधाइ पर्वका लागि पालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको र उक्त रकम हेलिकोप्टरका लागि नभइ गोरु पालक किसानको प्रोत्साहन र मेला व्यवस्थापनका लागि मात्रै खर्च गरिने बताए । त्यस्तै हेलिकोप्टरको खर्चका लागि भनिएको १० लाख रुपैयाँ आगामी वर्षदेखिका लागि छुट्टयाइएको तर यो वर्षका लागि नभएको समेत स्पष्ट पारेका छन् ।

‘गोरु जधाई महोत्वसको लागि पालिकाले ८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यो मेला आयोजक समितिलाई गोरु पालक किसानहरुको प्रोत्साहन र मेला व्यवस्थापनका लागि मात्रै खर्च गरिने छ ।’, उनले भनेका छन्, ‘उक्त ८ लाख रुपैयाँ भुक्तानी समेत भइसकेको छैन् । र, जुन १० लाखको कुरा छ त्यो त हिजो आयोजित कार्यक्रममा मैले आगामी आर्थिक वर्षदेखि गोरुजुघाई मेलाको संरक्षण र प्रवद्र्धनका लागि छुट्याउने घोषणा मात्र गरेको हो । त्यो रकम यो वर्षको होइन ।’

त्यसैगरी महोत्सवका लागि पर्यटन बोर्डसँगको सहकार्यमा २ लाख रुपैयाँ आफूले व्यवस्था गरेको र विगतका वर्षदेखि नै प्रमुख अथिति र विशेष अथितिहरुलाई व्यक्तिगत पहलमा हेलिकोप्टरमा लैजाने गरेको अध्यक्ष अधिकारीले बताएका छन् । साथै हेलिकोप्टरका लागि खर्च भएको रकम पालिकाबाट नदिइएको उनले बताएका छन् ।

पर्यटन व्यवसायी एवं राजनीतिकर्मी अधिकारीले यसअघि पनि निरन्तर उक्त महोत्सवका लागि निजी खर्चमा हेलिकोप्टरबाट अथिति लैजाने गरेका थिए । तर अहिले नेकपा एमाले र माओवादीले मिडियालाई गलत प्रचारबाची गर्न लगाएर एतिहासिक महत्व बोकेको गोरु जुधाइ पर्वलाई बद्नाम गराउन खोजेको एक नेताले जानकारी दिए । पालिका अध्यक्ष नहुँदै अधिकारीले गोरु जुधाइ महोत्सवका लागि विभिन्न पहल गर्दै आउनु भएको थियो ।’ ती नेताले भने, ‘तर अहिले आएर उहाँलाई बद्नाम गराउन यस्तो प्रपञ्च गरिएको हो ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।