प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन्।

बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको ४५९औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।

त्यस्तै, बैंकको पुस २८ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधरण सेयरधनीहरूको तर्फबाट सञ्चालक निर्वाचित गरेको छ।

संस्थापक सेयरधनीको तर्फबाट राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल संचालकमा निर्वाचित भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।