काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।
सभाले कम्पनीको संचालक समिति अध्यक्षमा गौरव गोयललाई चयन गरेको छ । उनी ४ वर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।
त्यसैगरी, संचालकमा रोहित गुप्ता, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई निर्वाचित भएका छन्। सभाले नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदन समेत गरेको छ।
त्यस्तै, सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट घोषणा गरेको १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
Comment