विमान दुर्घटना भएपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ।

चालक दलका चार जना सदस्यसहित ६८ जना यात्रु लिएर उडेको विमान पोखराकाे नयाँ गाउँस्थिति सेतीको खोँचमा विहान दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गर्दै दुर्घटनामा परेकाको उद्धार गर्न गृह मन्त्रालय र सुरक्षाकर्मीलाई निर्देशन दिइसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।