५ चैतमा हुने स्ववियु निर्वाचनको पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनाअनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरुलाई आग्रह गरिएको छ । 

त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले ५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको र यसका लागि पूर्वतयारी गर्न सम्बन्धित् क्याम्पसहरुलाई महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गर्नुभएको सूचनामा उल्लेख छ । 

सूचना

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको मिति २०७९/०९र२२ को बैठकको निर्णय नं १७६५ अनुसार त्रिभुवन विश्वविद्यालयको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा मिति २०७९/१२/०५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएकोले पूर्व तयारी गर्न गराउन हुन सम्वन्धित सम्पूर्ण क्याम्पसहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

योगेन्द्रप्रसाद दाहाल’ 

प्रमुख

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।