विराटनगर। प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन ।
एकल उम्मेदवारी दिनुभएका गौतम निर्विरोध सभामुख बनेका हुन । उनि ओखलढुंगा प्रदेशसभा २ बाट माओवादी केन्द्रबाट निर्वाचित भएका हुन ।
सत्तागठबन्धनबाट गौतमको एकल उम्मेदवारी परेको थियो । कांग्रेसले मनोनयन दर्ता नगरेपछि उहाँ निर्विरोध सभामुख बनेका हुन । ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमको एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन ।
उनले आजै दिउँसो १ बजे शपथग्रहण गर्नेछन ।
Comment