माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघ महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउने भएका छन् ।

बुधबार बसेको नेपाल बैंकर्स संघको कार्य समिति बैठकले माघमा मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतमा झार्ने निर्णय गरेको हो। यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.३३ प्रतिशत थियो।  

कर्जाको ब्याजदर महंगो भएको भन्दै देशभरिका उद्योगी व्यवसायीले विरोध गर्दै आएका छन्। अहिले वाणिज्य बंकबाटै ऋण लिँदा १५–१६ प्रतिशतसम्म ब्याजदर तिर्नुपरेको उनीहरूको गुनासो छ।

यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत कायम हुनेछ । बैंकहरूले गत असोजदेखि निक्षेपको ब्याज बढाउँदै आएको थिए ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम तरलताको स्थिति सुधारोन्मुख छ।

राष्ट्र ब्यांकका अनुसार, सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ५३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। कूल कर्जा रकम ४७ खर्ब ७८ अर्ब रुपैयाँ छ।

कर्जा निक्षेप अनुपात ८६.६५ प्रतिशत छ। यो अनुपात ९० प्रतिशत हुँदासम्म ऋण दिन पाइने सीमा छ। ब्यांकहरूबीचको अन्तरब्यांक ब्याजदर पनि ६.१४ प्रतिशतमा ओर्लिएको केन्द्रीय ब्यांकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।