सप्ताहव्यापी प्रथम राष्ट्रिय जैविक विविधता दिवस तथा माघेसंक्रान्ति महोत्सव हुदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुष । प्रथम राष्ट्रिय जैविक विविधता दिवस तथा मौलिक राष्ट्रिय सांस्कृतिकृत पर्ब माघेसंक्रान्ति महोत्सव मनाइने भएको छ ।

बुधबार रैथाने एग्री प्रोडुक्ट्स नेपालमा पत्रकार सम्मेलन गर्दै वुक्षालय रिसोर्ट एण्ड कालिज फार्म बुढानिलकण्ठमा माघ १ देखि ७ गतेसम्म सप्ताहव्यापीरुपमा प्रथम राष्ट्रिय जैविक विविधता दिवस भब्य रूपमा मनाइने जानकारी गराएको हो ।

कार्यक्रममा मौलिक सांस्कृतिक खानपिन जस्तै- तिलका लड्डु, चाकु, तारुल र कोदोको सेलरोटी,खिचडी सखरखण्ड,तरुल, पिँडालु लगाएतको विभिन्न जातजातिका खानाको परिकार भेषभूषा प्रदर्शनी कृषि जैविक विविधताको महत्व र यसको संरक्षण लगाएतको बिशेष अन्तक्रिर्या जस्ता कार्यक्रम रहने बताइएको छ ।

पत्रकार भेटघाटमा वाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ, रैथाने एग्री प्रोडुक्ट्स

अध्यक्ष तिलक ढकाल,ग्लोबल नेपलिज सेफ फेडेरेशन अध्यक्ष भान्से लक्ष्मण प्रसाद भंडारी, ग्याष्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपालका सचिव रमेश भण्डारी,पर्यटन व्यवसायी कृष्ण कुमार अर्याल,होमस्टे महासंघका बरिष्ट उपाध्यक्ष बाबुराजा महर्जन र साहित्यकार शिब प्रसाद आचार्य,रैथाने एग्री प्रडक्टस् नेपालका सचिव राई बहादुर राई, सचांलक सदस्य शंकर गौतम उपेन्द्रराज कुइकेल,लगायतको उपस्थिति रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।