काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको खोकना आरोग्य आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनद्धारा खोकना आरोग्य आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरिएको हो ।
परिषदका प्रतिनिधिले ज्येष्ठ नागरिकलाई चिसो छल्न सहयोग होस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको बताए । उनीहरुले ७० वर्ष उमेर माथिका दुई सय ५० जना ज्येष्ठ नागरिकलाई सहयोग गरेका हुन् ।
Comment