नेपाल टी-२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।

लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर आठ विकेटको क्षतिमा १०९ रनमै समेटियो। विराटनगरका लागि अर्जुन साउँदले ३४, पृथु बास्कोटाले ३१ र हुसैन तलतले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई/दुई विकेट लिए । जितसँगै लुम्बिनीले ५५ लाख पुरस्कार पाउने छ। त्यस्तै, उपविजेता बनेको विराटनगरले ३० लाख प्राप्त गर्दा तेस्रो हुनेले १० र चौथो हुने टिमले ५ लाख प्राप्त गर्ने छन्।

त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार प्राप्त गर्ने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।