प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन, सांसद राजेन्द्र बजगाईंलगायत सहभागी (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्घाटन गरेका हुन्।

पृथ्वीजयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो ।

महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन्।

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक गोरखा गएका हुन्। गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

महोत्सव उद्घाटनका लागि बुधबार बिहान प्रचण्ड सैनिक हेलिकप्टरमार्फत गोरखा लागेका थिए । गोरखा- २ बाट निर्वाचित उनी चुनाव प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा पुगेका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।