लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा पुगेर गिरीले ५८ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए।

गिरीलाई ७ दल र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) का ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका थिए । लुम्बिनीमा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।