३ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा,को को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कारबाही गरेको छ । बोर्डले तोकिएको समयमा वित्तीय प्रतिवेदन नबुझाउने र त्रैमासिक विवरण नदिने तीनवटा ब्रोकर कम्पनीलाई जरिवाना गरेको हो ।

बोर्डले त्रैमासिक विवरण नबुझाउने इम्पेरियल र त्रिशुल सेक्युरिटिजलाई ७५/७५ हजार रुपैयाँ जरिवाना गरेको छ।

त्यसैगरी, तोकिएको वित्तीय प्रतिवेदन नबुझाएको भन्दै बोर्डले सन्नी सेक्युरिटीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ

त्यस्तै, बोर्डले नियम विपरित काम गरेको भन्दै केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको छ। क्रेडिट रेटिङ नियमावली २०६८ विपरित रेटिङ एजेन्सीले आफ्ना मुख्य सेयरधनी समेत रहेका कम्पनीहरुको रेटिङ गरेको भन्दै बोर्डले स्पष्टीकरण सोधेको हो ।

केयरले आफ्नै सेयरधनी रहेका युनाइटेड डिस्ट्रिब्युटर्स लगायतका कम्पनीको रेटिङ गरेको बताइएको छ ।

त्यसैगरी, बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ। बोर्डले उनलाई धितोपत्रसम्बन्धी ऐनअनुसार ७५ हजार रुपैयाँ जरिबाना र कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सोसरह पद धारण गर्न १० वर्षसम्म अयोग्य रहने गरी कारबाही गरेको छ।सञ्चालक समितिमा रहेकै बेला एकाघर परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेको देखिएपछि न्यौपानेलाई बोर्डले कारबाही गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।