सभामुखको निर्वाचन ५ माघमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन । 

यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमलाई उनले निर्देशन पनि दिए । उनले ५ माघ बिहीबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित गरेका छन । 

सत्ता गठबन्धनमा भएको सहमति अनुसार सभामुख नेकपा एमालेको भागमा परेको छ । तर एमालेले कसलाई सभामुख बनाउने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।