कांग्रेस संसदीय दलकाे बैठक सिंहदरबारमा, विश्वासकाे मतबारे निर्णय हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ। 

१० पुसमा प्रधानमन्त्री बन्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो ।

त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको कांग्रेस अनिर्णित छ।

प्रधानमन्त्री हिजो सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेर विश्वासको मत माग्नुभएको थियो । भेटमा प्रचण्डले विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो । देउवाले विश्वासको मत दिने बचन दिए पनि आधिकारिक निर्णय भइसकेको छैन । त्यसका लागि देउवाले अहिले बिहान संसदीय दलको बैठक बोलाएका हुन  ।

कांग्रेसभित्र दाहाल सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा  रहेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।