पवन गोल्यानको नेतृत्वमा सिबिफिनको नयाँ कार्य समिति चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराकासाथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

अध्यक्षमा पवन गोल्यानले नै निरन्तरता पाएका छन्। पुस २४ गते भएको परिसंघको तेस्रो वार्षिक साधारण सभामा गोल्यान सहित १५ सदस्यीय कार्य समितिको सर्वसम्मत चयन भएको छ।

स्थापनाको छोटो अवधिमै सिबिफिनले प्राप्त गरेको विरासतलाई थप उचाइमा पुर्‍याउदै बैंकिङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने र यो क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रीत गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अभिन्न सहयोगी संस्थाको रुपमा अगाडि बढाउने नवनिर्वाचित कार्य समितिका अध्यक्ष गोल्यानले प्रतिवद्धता व्यक्त गरे।  

परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन्।  

त्यस्तै, सदस्यहरूमा उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल, उपेन्द्र प्रसाद पौडेल (वाणिज्य बैंक), लिला प्रकाश सिटौला, मोतिलाल दुगर, राधेस पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल, प्रो.हिरेन्द्र मान प्रधान चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष श्री पवनकुमार गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाईमा पु-याउदै, मूलतः बैंकिङ क्षेत्रको साझा संस्थाकोरुपमा विस्तार गर्ने र बैंकिङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु-याउने अभिन्न सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त  गरे । 

साथै, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकायहरु र सरोकारावाला संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै तिव्र आर्थिक गतिविधिमार्फत राष्ट्रको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउने दिशामा केन्द्रित हुने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।