जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन ।

लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको बताउँदै देउवाले पुष्पकमल दाहाल नेतृत्वको सरकारको सफल कार्यकालको शुभकामना दिए ।

विशेष परिस्थितिमा १८ महिनाअघि आफूले सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै उनले प्रचण्ड नेतृत्वको सरकार र सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।