बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका छन्।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जम्कट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

उनलाई नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन्। बागमती प्रदेश सभामा एमालेका २७, माओवादीका २१, राप्रपाका १३ र एकीकृत समाजवादीका सात सांसद छन्।

एकीकृत समाजवादीले संघमा समर्थन नगरे पनि बागमती प्रदेशमा समर्थन गरेको हो। यससँगै एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।