संघीय संसद्को पहिलो बैठक आज‚ यस्तो छ कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको पहिलो बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने छ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो पहिलो बैठक बस्न लागेको हो। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो । संघीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आह्वान, प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रियसभा बैठकको अध्यक्षता गणेश तिमल्सिनाले गर्नेछन्। प्रतिनिधिसभा बैठकले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ७ जनाको नाम घोषणा गर्नेछ। प्रतिनिधिसभाको कार्यसूचीअनुसार पहिलो बैठकमा दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिइनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावको दिन र समय आजको बैठकले तोक्नेछ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते मंगलबार विश्वासको मत लिने प्रस्ताव पेश गर्न संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन्। मंसिर ४ गते भएको चुनावी नतिजाले प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको छ। सरकारलाई ७ दलले समर्थन दिएका छन्। सरकारलाई समर्थन गर्ने दलहरू सत्ता र समर्थन नगर्ने दल प्रतिपक्षमा बस्नेछन्। २७५ सदस्यीय प्रतिनिधिसभाका एक सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परिसकेका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेल र झेलबहादुर आले, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य मैयाँदेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।