मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका सय बढी क्रसर उद्योग बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहका मकवानपुरका १०२ क्रसर उद्योग बन्द गराइएको हो । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरका क्रसर उद्योग बन्द भएको उनले बताए ।

गृह मञ्त्रालयले अवैध क्रसर बन्द गर्न निर्देशन दिएपछि मकवानपुरमा मापदण्ड विपरीतका उद्योग बन्द भएको कार्यालयले जनाएको छ । गत बुधबार गृहमञ्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मकवानपुर जिल्लाभर रहेका अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको थियो ।

सो निर्देशन दिए लगतै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सरोकारवालासँग बसेको बैठकपश्चात मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।