नुवाकोट आइपुग्यो एकीकरणको पदमार्गमा पदयात्रा गर्न निस्किएको सेनाको टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । गोरखाबाट तत्कालीन नेपाल एकीकरणको पदमार्गमा पदयात्रा गर्न निस्किएको नेपाली सेनाको टोली नुवाकोट आइपुगेको छ।

आइतवार बिहान नुवाकोट आईपुगेका टोलीलाई नगर प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले स्वागत गरका थिए ।

गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पुस २१ गतेपदयात्रा शुरु गरेको थियो ।

गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट धादिङ हुँदै ४ दिनको यात्रामा नुवाकोट आइपुगेको हाने । नुवाकोटबाट जबर जंग गणले यात्रा गर्नेछ ।

पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाको टोली यात्रामा सहभागी छ । कालो दौरासुरुवाल, टाउकोमा चातोडा, कम्मरमा खुकुरी हातमा भरुवा बन्दुकसहित शाहकालीन पोसाकमा सजिएका सेनाको सार्दुलजंग गुल्मको टुकडी र रिपुमर्दन गणले गोरखाबाट यात्रा सुरु गरेका हुन् ।

गोरखा दरबारबाट हनुमानढोकासम्मको २६ कोष दुरीको यात्रा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन पुस २७ गते टुंगिने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।