प्रदेश १ मा एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन  । 

प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दुई वा दुई भन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गरेका कार्कीलाई प्रमुख खापुङले आइतवार मुख्यमन्त्री नियुक्त गरेका हुन  । 

६० जना सांसदको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए । प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन । 

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री दाबी गरेको थियो । तर, एमाले र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएसँगै कार्की मुख्यमन्त्री बबनेका हुन । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।