काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।
देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेको हुन । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो ।
शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए ।
Comment